आरोहण शाह वीरगञ्ज ६ असोज असोज ३ गते राष्ट्रिय संविधान दिवसको अवसर पारेर वीरगञ्ज कारागार भित्र रहेका कैदीहरु मधे १२ जनालाई आम माफी पाऐको छ । संविधान दिवसका अवसरमा २ सय ८२ कैदीलाई माफी गरेको छ । जसमधे वीरगञ्ज कारागार बाट ११ जना पुरुस सहित १ महिला कैदीलाई माफी गरी रिहा गरेको छ ।
विभिन्न मुदामा सजाय काटिराहेको कैदिहरु मधे यश पावन अवसरमा वीरगञ्ज कारागार बाट कैद मिनाहाका लागी सिफारिस गरिएका १४ जना कैदीहरु मध्ये १२ जना कैदिको बाकी कैद मिनाहा भएको छ । कैद मिनाहा भएका कैदी र निजहरुका आफन्तजनहरुले कारगार पुगि फुलमाला सहित टिका लगाई खुसियालि मनाऐको छन् । कैद मिनाहा भै कैद मुक्त हुनुहुने कैदिहरुको बाकि जीवन सुखद विताउने र सरकारलाई धन्यवाद बेक्त गदै कारागार बाट घर फकेका छन् ।
सरकारले प्रत्येक बर्ष विभिन्न राष्ट्रिय दिवसको अवसर पारेर कारागारमा रहदा राम्रो चालचलन देखाउने कैदिहरुलाई रिहा गर्ने गरेको छ । कैदीहरुको आम माफीको लागि असल चालचलन भएको, बानी ब्यवहारमा सुधार आएको, तोकिएको कैदको कम्तीमा ५० प्रतिशत भुक्तानी गरिसकेको, नकारात्मक सूचीमा परेका १९ प्रकारको मुद्दा बाहेकको हुनुपर्ने र आफू कैदमा रहेको मुद्दा अन्तिम भइसकेको हुनुपर्ने जस्ता न्युनतम योग्यता भएको कैदीलाई रिहा गरिने गरेको छ ।
संविधान दिवसका अवसरमो वीरगञ्ज कारागार बाट १२ जना कैदीलाई माफी गरी रिहा भऐका छ । जसमा ज्यान मार्ने उद्योग तर्फ २ जना ,कर्तव्य ज्यान तर्फ ४ जना ,सवारी ज्यान तर्फ ४ जना ,कुट्पिट तर्फ १ जना र गर्भ पतन तर्फ १ जना रहेको वीरगंज कारागारका जेलर श्रवण कुमार पोखरेल बताऐ ।
नेपाल सरकारले यसअघि पनि संविधान दिवसको अवसरमा कारागार भित्र रहेका केही कैदीलाई रिहा गर्दै आएको थियो । विभिन्न मुद्धामा कारागारमा थुनामा रहेका १२३४ जना पुरुष र १०१ जना महिला गरी १३३५ जना कैदी रहेको थियो । आज शक्रबार १४ कैदि रिहा भऐको छ जसमधे संविधान दिवसका अवसरमा ११ जना पुरुस सहित १ महिला कैदीलाई माफी गरी रिहा गरेको छ र २ जना सजाय काटि रिहा भऐको छ । अब वीरगञ्ज कारागारमा १३२१ कैदि रहेको छ जसमा १२२१ पुरुष र १ सय महिला रहेका छन् ।