विश्वकर्मा बाबाको मुर्ति सेलाउन पुगेका एक युुवक डुबेर बेपत्ता भएको अवस्थामा आज शव फेला परेको छ ।
सिरहाको सुखिपुर नगरपालिका स्थित विद्यानगर बस्ने अन्दाजी २२ बर्षिय युवक मनिष कुमार यादवको शव कोशी पश्चिमी नहरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सिरहा घर भई राजविराज स्थित छिन्नमस्ता डैरी उद्योगमा विगत केही दिन कार्यरत युवक बावा विश्वकर्माको मुर्ति सेलाउन नहरमा पुगेको अवस्थामा अचानक डुबेर बेपक्ता भएको युवकको झण्डै २० घण्टापछि शुक्रबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।
यता मृतक युवकको शव हाल पोष्टमार्टमसका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतलामा राखिएको तथा घटनाको आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।