लहान, २ असोज । सनराईज बैंकले १२ औं बार्षिकोत्सवलाई मध्य नजर गर्दै मानवीय सेवाको लागि प्रदेश २ मा १२ विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ ।
प्रदेश २ मा १४ शाखा रहेको यस बैंकले रक्तदान, वृक्षारोपन, आधारभूत कर तथा नीति कार्यक्रम, डेंगु अवार्नेश, स्वास्थ्य शिविर, आनाथ बालबालिकाको सहयोग, सरसफाई, छात्रवृति, प्रभातफेरी, प्रचारप्रसार, खेलकुद, भ्याकल प्रोमोशनलगायतको कार्यक्रम रहेको बैंकका प्रदेश २ प्रमुख रोहितकुमार महासेठले जनाए ।
बार्षिकोत्सवको अवसरमा असोज १ गते लहानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ भने प्रदेश २ भरी रहेको विभिन्न शाखालाई लक्ष्य गरी मानवीय सेवाको लागि कार्यक्रम गर्दै जाने भएको छ । देशभरी सनराईज बैंकको १ सय २२ शाखा रहेको छ ।