आरोहण शाह,वीरगञ्ज ११ भदौ । राजपाले बुधबार वीरगञ्जमा नगर प्रमुख सरावगीको विरोधमा नाराबाजी गर्दै जुलश निकालेर प्रदर्शन गरेको छ । वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले वीरगञ्ज महानर भित्र गरेको भष्ट्रचार तथा अनैतिक कार्यको विरोधमा आज वीरगञ्जमा विरोध जुलुस निकालिएको छ ।
जनताले जनप्रतिनिधि पाएको २३ महिनामा पनि जनताले विकासको अनुभुति गर्न नपाएको, वाटोको अवस्था सुधार गर्ने परैजावओस लामखुट्टेलाई समेत महानगरपालिकाले धपाउँन सकेको छैन । महाानगरपालिका भ्रष्टाचारमा चुर्लुम डुवी सकेको चर्चा गर्दै नेता सिहले जनता अब सडकमा उत्रि सकेको भन्दै अब भ्रष्टाचारको नायिके मेयरलाई नङ्गयाउँने बताउँछन राजापाका महासचिव राजेशमान सिहले ।
मेयर सरावगीले गरेको अनैतिक कार्य जस्तो धर्मको नाममा पनि ब्यपार, नगर प्रमुख ज्यु गायत्री महायज्ञको हिसाब आज सम्म किन सार्वजनिक नगर्नु भएको, वीरगञ्जलाई सत्यनाश गर्ने मच्छर यही हो, आउ वीरगञ्जलाई यो मच्छरबाट बचाउ जस्ता अनेको मिसिमको व्याङ्गयात्मक अंकित पेल्यकाड बायनर सहितको विरोध जुलुस निकालिएको छ । यता राजपाकी केन्द्रिय सदस्य रम्भा मिश्राले पनि व्यपारीले जनताको पिरमर्का बुझन नसक्ने भन्दै नगर प्रमुख सरावगी पनि व्यपारि नै भएकाले उनले नगरवासीको हितमा काम गर्न नसकेको आरोप लगाइन् ।
वीरगञ्जको लालबंगलाबाट निकलेको विरोध जुलुसमा सहभागी नेता तथा कार्यकर्ताहरुले वीरगञ्ज महानगरपालिका मेयर विजय कुमार सरावगीको विरुद्धमा बनाएको व्याङ्गयात्मक चित्रहरु समेत बकेका थिए । विरोध जुलुसमा सहभागी नेताहरुले मेयर पूर्णरुपमा असफल सकेको भन्दै यथाशिघ्र राजिनामा दिनु पर्ने वताएका थिए ।
घण्टाघर छेउको लालबंगला परिसरबाट राजपाले निकालेको विरोध जुलुशले नगरका मुख्य भागको परिक्रमा गरि महानगरपालिका पुगेर सरावगीलाइ ज्ञापन पत्र पनि बुझाएको छ ।