आरोहण शाह वीरगञ्ज, ४ भदौं ः वीरगञ्ज भन्सारस्थित रहेको मित्तेरी पुलमा भारतीय सवारी धनी र स्थानीयहरुले प्रदर्शन गरेका छन् । जसका कारण नेपाल–भारत आवात जावत गर्ने यात्रुहरु अलपत्र परेका छन् । भारतीय दुई पाँग्रे र चार पाँग्रे सवारी नेपाल प्रवेश गर्दा भन्सारबाट वीरगञ्ज बजारसम्म आवात जावतको लागि निःशुल्क इन्ट्री र नेपालभरी आवात जावतको लागि प्रत्येक दिन पाँचसयको दरले राजस्व दाखिला गरी आवात जावत प्रावधान रहेको छ ।
पाली सवारी निर्वाध रुपमा भारतको रक्सौल आसपासका क्षेत्रमा बिना इन्ट्री, बिना भन्सार तिरी आवात जावत गर्ने अनुमति दिएकोले सोही अनुसार आफूहरुलाई आवात जावत गर्न दिने भनि विरोध प्रदर्शन गरी नेपाली सवारीमा रोक लगाएका छन् ।
जसका कारण सयौंको संख्यामा दुई र चार पाँग्रे सवारी रोकिएका छन् । यता भारतीय गाडीलाई एक दिनको इन्ट्री गराई दोश्रो दिन फर्किदा कडा जरिवाना तथा गाडी नै सिज गर्न लाग्दा उनीहरु आक्रोशित भई आज मित्तेरी पुलमा प्रदर्शन गरी यातायात तथा सर्वसाधारण आवात जावतमा समेत कडाई गरेका छन् ।