शम्भु चौधरी लहान १७ साउन । नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश मानिसहरु कृषि पेशामा आवद्ध रहेका छन ।
प्रदेश २ लाई कृषि प्रदेश बनाउने नाममा सिमित मात्र रहने छ जस्तो लाग्छ किनकी कृषि उपज मजबुत बनाउन मलखाद्यको उतिकै महत्व हुन्छ तर मलखाद्यको लागी किसानहरुलाई टनटलापुर घाममा मलको लागी लाम्बद्ध लागनु किसानको दुर्भाग्य नै रहेको मानिन्छ ।
यस्तो घाममा लाईन बसेर मल लिनु र त्यसमा पनि सुरक्षकर्मीबाट हेपाई खानु यो सरकारले किसानहरुको भावनाबाट खलबाड गर्नु हो लहान नगरपालका २२ का एक किसान अनुभत्त चौधरीको गुनासो रहेको छ ।
अब खेतिपाति किसानले होईन सरकारको जिम्मा लगाउनु पर्छ चौधरीले भनु भयो ।
नेपाल जस्तो देशमा खेति गर्न साध्य छैन पैसा छ तर समयमा मलल खाद्य पाईदैन गोदाममा मल छ तर गोदामवालाले डिलरलाई गाडीको गाडी मल दिन्छ तर किसानलाई लाईनमा यो कस्तो कानून हो अर्का किसान प्रदिप चौधरीको भनाई रहेको छ ।
उता डिलरबाला कहाँ मल किन्न जादाँ महगो दरमा किसानहरु मल किन्न बाध्य भएका छन । महगो भए पनि खेतमा लाग्ने जति मल पनि नदिने कसरी खेति गर्ने चिन्ता छ किनकी खेतमा मल छर्ने समय आई सकियो प्रयाप्त मात्रामा मल पाईदैन अर्का किसान बिरेन्द्र महतोको भनाई रहेको छ ।