आरोहण शाह पर्सा ११ श्रावण । लगातारको अबिरल बर्षाले ल्याएको बाढिका कारण घरबार गुमाएका रौतहटको बडरव , राजदेवी र गौर नगरपालिका का पीडित परिवारलाई सगरमार्था इन्जिनियरिङ्ग कलेजका नेपला तराई विधार्थी नवजागरण समाजले राहत सामग्री वितरण गरेका छन ।
पीडितहरुको घरघरमै पुगेरे विधार्थीहरु राहत सामाग्री हस्तान्तरण गरेका हुन । शनिबार विहानै प्रभावीत गाउमा पुगेका विधार्थीहरुले चामल ,चिउरा ,दाल , पानी ,विस्कुट,चाउचाउ र बालबालीकाहरुका लागी कापी कलम र लताकपडा समेत वितरण गरेका थिए ।
राहत सामाग्री प्रभावित गाउँमा लगे पनि वितरण प्रभावकारी नरहेको समाचार सुने पछि बिधाथीहरु आफै घरघरमा पुगेर बडरव गाउँपालिका , राजदेवी र गौर नगरपालिका वडाहरुमा राहत हस्तान्तरण गरेको नेपला तराई विधार्थी नवजागरण समाजका अध्यक्ष सोनु कुमार गुप्ताले जानकारी दिनु भयो ।
विगत केहि दिन देखि पर्दै आएको अविरल वर्षका कारण बाढीले मध्य तराई मधेश लगायत मुलुकको विभिन्न जिल्लाको जनजिवन कष्टकर बदै गए पछि इन्जिनियरिङ्ग विधार्थीहरु खाजाको पैसा बचाऐर बाढि पीडितहरुलाई दिऐ राहत । राहत सामग्री एक हप्ता अगाडि सगरमार्था इन्जिनियरिङ्ग कलेजका विधार्थीबाट उठाएको गुप्ताले बताऐ ।