सप्तरी, साउन २ गते । अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रले एक वर्षको अवधिमा लैङ्गिक हिंसा पीडित दुई सय ७१ जनालाई उपचारलगायतको सेवा पु¥याएको छ ।
व्यवस्थापन केन्द्रको जिल्ला समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बसेको वार्षिक बैठकमा उक्त जानकारी दिइएको हो ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्र्सन मनिषा सिम्खडाले सबैभन्दा बढी शारीरिक दुव्र्यवहारबाट पीडित एक सय २३ र यौनजन्य हिंसाबाट पीडित ९७ जनालाई सेवा दिइएको जानकारी दिनुभयो ।
सिम्खडाका अनुसार घरेलु हिंसाबाट पीडित ३९ जना, मानसिक तनाबबाट पीडित नौ जना र कथित बोक्सी आरोप÷विष सेवनका दशजना पीडितलाई उपचारलगायतको सेवा उपलब्ध गराइएको छ । सेवा पाएका लैङ्रिगक हिंसा पीडितमध्ये ४३ जना पुरुष पनि छन् ।
दुई सय ७१ जना पीडितहरुलाई घाउ चोटपटकको एक सय १९, शारीरिक परिक्षणको एक सय ४२, मेडिको लिगलको दुई सय २९, एचआइभी परिक्षणको ८९, गर्भ परिक्षणको ४५, आकस्मिक गर्भ निरोधक दिएको पाँच, यौन रोग उपचारको दुई, परामर्शको ४५ र अन्यको ४० गरी सात सय ४६ किसिमका उपचारलगायतका सेवाहरु निःशुल्क उपलब्ध गराइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट एवं केन्द्रका सदस्य सचिव डा. चुमनलाल दासले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्षमा पाँच सय ५० किसिमको सेवा उपलब्ध गराइएको थियो । जस्मा २९ पुरुषसहित दुई सय ११ जना हिंसा पीडितले सेवा प्राप्त गरेका थिए ।
आर्थिक वर्ष २०७५÷०७६ को अवधिमा १५ देखि ४९ वर्ष उमेरका दुई सय १४ जनाले, १४ वर्ष भन्दा कम उमेरका ३५ जनाले, ५० देखि ६५ वर्ष उमेरका २० जनाले तथा ६५ वर्षभन्दा माथिका दुई जनाले सेवा पाएको केन्द्रले जनाएको छ ।
प्रायःजसो हिंसा पीडितहरु प्रहरी वा विभिन्न सरकारी र गैरसरकारी संघ–संस्थाको समन्वयमा सेवा लिन केन्द्र आउने गरेको जनाउँदै केन्द्रका सदस्य मनोहर पोखरेलले हिंसा पीडित स्वयं पनि सेवा लिन आउन सक्ने जानकारी दिनुभयो । यसरी सेवा लिन आउनेहरुमध्ये एक सय ९९ जनालाई जिल्ला प्रहरी कार्यालयमा, ११ जनालाई कानुनी उपचारमा, ५७ जनालाई घरमा, तीन जनालाई थप उपचारका लागि विभिन्न अस्पतालमा र एक जना बेवारिसे मनोरोगीलाई उपचार र स्याहारका लागि मानव सेवा आश्रम, हेटौंडामा पठाइएको जानकारी दिईएको छ ।गोरखापत्रबाट