ईन्दु के सी कैलाली । नेपाल सरकारले बैज्ञानिक बन ब्यवस्थापन निति ल्याएपछि कैलालीका सामुदयिक बनहरु बैज्ञानिक बन ब्यवस्थापनमा लागिरहेका छन । कैलालीको घोडाघोडी नगरपालिकामा रहेका सामुदायिक बनहरु पनि बैज्ञानिक बन ब्यवस्थापन भइरहेका छन ।
घोडाघोडी नगरपािलका वडा ९ मा रहेको सिंगेकोट सामुदायिक बन उपभोक्ता समुह फारम क,जन जागृति सामुदायिक बन उपभोक्ता समुह वडा न १० झिरोखा,वडा १० कै तुल्सिपुर सामुदायिक बन उपभोक्ता समुह, वडा न ४ मा रहेको सिता कुण्ड सामुदायिक बन गैडाखेडामा बैज्ञानिक ब्यवस्थापन कार्यक्रममा हस्तान्तरण भएका छन ।
माउ रुख छनोट गरी बुढा रुखहरु संकलन, जमिन सफा, नया पलााउने रुखका लागि अग्नि रेखा ,तारबार लगायतका कार्य सुरु गरिएको छ । सिताकुण्ड सामुदायिक बनका अध्यक्ष राम बहादुर शाहिले भर्खरै सामुदायिक बनमा १ हेक्टरको प्लट बनाइ परीक्षण सुरु गरेको बताए । उनले साल प्रजातिका नया बिरुवा समेत पलाइसकेको बताए ।
बैज्ञानिक बन ब्याबस्थपन ऐनको कार्यनीति मा रहेर काम गरिरहेको डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख कृष्ण दत्त भट्टले बताए । प्रत्येक बनमा माउ रुख राखिन्छ ,उनले भने प्रत्येक बर्षमा सामुदायिक बन को हैसियत सुधार गर्दै काम गर्नेछौ ।
घोडाघोडी नगरपालिकाका थ्राहा सामुदायिक बन,भुर्काभुर्कि सामुदायिक बन,बिरेन्द्र सामुदायिक बन,श्रीराम रामुदायिक बन,लठुवा सामुदायिक बन, सयपत्रि सामुदायिक बनमा बैज्ञानिक बन ब्यवस्थापनका लागि लगत ,सर्भे इन्ट्रि,नक्शांकन, र बिधान कार्ययोजना निर्माण कार्य भइरहेको डिभिजन बन कार्यालय पहलमानपुरका सहायक बन अधिकृत सुरेन्द्र कठायतले जानकारी दिएका छन ।
बैज्ञानिक बन ब्यवस्थापन नितिलाइ कतिपयले सकारात्मक रुपमा लिएका छन भने कतिपयले नकारात्मक रुपमा लिएका छन । बैज्ञानिक बन ब्यवस्थापन सदुपयोग गर्न सके राम्रो रहेको सिंगेकोट सामुदायिक बनका उपभोक्ता अकबार धामिले बताए । उनले भने,पुराना रुख काटिन्छन नया पालुवा पलाउछन जुन पालुवा कु काठ नभइ राम्रा प्रजातिका साल,सिसम, साज लगायतले बनमा आयआर्जन गर्न सकिन्छ ।
बन ब्यवस्थापन पछि चोरी निकासि न्युनिकरण हुने बताउदै घोडाघोडी नगरपालिका वडा न ९ रतिपुरका स्थानिय मिन बहादुर चौधरीले भने,हामि उपभोक्ताले नै प्रत्यक बर्ष सर्ब सुलभ रुपमा काठ ,दाउरा पाउनेछौ ।
यता बैज्ञानिक बन ब्यवस्थापनले बनको दिगो ब्यवस्थापन भन्दा पनि प्राकृतिक रुखहरुको कटान र काठ ब्यापार गरी सरकारी राजश्व र निजि क्षेत्रका लागि मुनाफा आर्जन गर्ने माध्यम बनाइएको सामुदायिक बन उपभोक्ता महासंका केन्द्रिय सदस्य नेत्र खनालको भनाइ छ ।
सामुदायिक बन उपभोक्ता महासंघ फेकोफनका कैलाली जिल्ला अध्यक्ष कर्ण रावलले बैज्ञानिक बन ब्यवस्थापन गर्नु गलत रहेको बताए । उनले बैज्ञानिक बन ब्यवस्थापन काठ ब्यापारीहरुका लागि गरि खाने भाडोका रुपमा रहेको बताए ।
सरकारले बैज्ञानिक बन ब्यवस्थापनको कार्यबिधि २०७१ अनुसार निति ल्याएपछि अहिले कैलाली जिल्लाका ५२ सामुदायिक बनहरुमा बैज्ञानिक बन ब्यवस्थापन कार्यक्रम लागु भएको छ ।