लहान नगरपालिकाले लहान १, २, २० र २१ वडाका बाढीपीडितहरुलाई इलाका प्रहरी कार्यालय र सशस्त्र वेस क्याम्पको सहयोगमा राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ ।
राहत वितरण समारोहमा लहान नगरपालिकाका मेयर मुनि साहले भने– यो तत्कालिन हो ,पीडितहरुको यकिन तथ्यांक अइसकेपछि चाहिने आवश्यक राहत फेरि नगरपालिकाले वितरण गर्नेछ, मिलेर खाना पकाएर पहिले ज्यान जोगाऔं पछि सहयोग र साथ दिन लहान नगरपालिका तयार छ ।
वाढीपीडितहरुलाई उद्धारदेखि खाद्यान्न वितरणसम्ममा इलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजाल सशस्त्र वेस क्याम्पका प्रेम रावलले खेलेको भूमिकाको मेयर साह प्रशंसा गरे ।
लहान नपा १ र २ का ४० घर दलित समुदाय लहान २० हरिनगराका सय घर र बेतहाका ४० घरका पीडितहरुलाई चार क्विन्टल चावल एक क्विन्टल दाल एक डेढ क्विन्टल आलु र खाना पकाउन आवश्यक पर्ने मसलाहरु वितरण गरेको हो ।
बाढी पीडितहरुलाई राहत उपलब्ध गराउने संघ संस्थाहरुलाई नगरपालिकासंग समन्वय गरि एकद्वार प्रणालीबाट उपलव्ध गराउन समेत नगरपालिकाले आग्रह गरेको छ ।