जनकपुर — चार दिनदेखि निरन्तर राती ठूलो वर्षा र दिनभरको झरीले प्रदेश २ को ८० प्रतिशत भू-भाग डुबानमा परेको छ । बाढीमा फसेका ९ जनालाई सशस्त्र प्रहरीले धनुषाको कमला खोला एरियाबाट उद्धार गरेको छ । कमला खोलामा आएको बाढीले धनुषाको सहिदनगर नगरपालिकामा दुई दिनदेखि टापुमा अलपत्र परेका ५ जनालाई सशस्त्र प्रहरीले बोटबाट उद्धार गरेको छ । उद्धार गरिएका ५ जना मध्ये ४ पुरुष र १ महिला छन् ।
सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी राजु अर्यालका अनुसार बाढीमा फसेका र डुबानले अलपत्र परेकाहरुको उद्धारलाई प्राथमिकता दिइएको छ ।