आरोहण शाह पर्सा २७ आषाढ ःपर्सा जिल्लाको पर्सागढी नगरपालिकामा बाढीले बगाउँदा एक बालकको ज्यान गएको छ ।
बगवाना गाँउ नजिकमा रहेको सिङ्याही खोलामा आएको बाढीले बगाउँदा पर्सागढी नगरपालिका वडा नम्बर १ बस्ने मेघराज पटेलका ११ वर्षीय छोरा निखिल पटेलको मृत्यु भएको छ ।
खोल्लामा दाउरा संकलन गर्न गएका बालक पटेललाई खोलामा आएको बाढीले बगाएको थियो । बालक पटेलको उपचारको क्रममा मृत्यु भएको छ ।
मृतक बालकको शवलाई पोेष्टमार्टमको लागि नारायणी अस्पतालमा राखिऐको पर्सा जिल्लाका प्रहरी नायव उपरीक्षक अन्नत राज शर्माले जानकारी दिए ।