आरोहण शाह पर्सा २७ आषाढ ः केहि दिन देखी लगातार भईरहेको अविरल वर्षाले तराईका जिल्लााहरु जनजीवन प्रभावित र डुवानमा परेको छ ।
विहीवार राति ८ बजेदेखी नै लगातार भईरहेको ठुल्लो वर्षाले तराईका पर्सा ,बारा ,रौतहट, सर्लाही, लगाऐत सहितका जिल्ला नै डुवानमा पर्दा समस्या भएको छ ।
लगातारको वर्षाले गाउँ गाउँमा पानी पस्न थालेको छ भने यहाँको जनजिवन पूर्ण रुपले प्रभावित बनेको छ ।
दैवीप्रकोप उद्धार समितिको पहल र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयबाट मोटरजडित प्लास्टिक भारतबाट खरीद गरिल्याइएको उक्त उद्धार बोटमध्ये तीन सेट नेपाली सेनालाई र दुईवटा सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिएको छ र बाढी–पानीको प्रकोपमा परेका नागरिकको उद्धारका लागि बोट तयारी अवशतामा रहेको छ ।
बोटले ९६० किलोग्रमसम्म भार ढुवानी गर्न सक्ने प्रविधिकको भनाइ छ । प्राविधिकका अनुसार ३० मिनट भित्रै गुङ्गा उद्धारका लागि तयार गर्न सकिने र यसलाई ढुवानी गरी उद्धार स्थलमा पु¥याउन पनि सहज रहेको र पर्साका लागि खरीद गरिएको बोट आवश्यक परे छिमेकी जिल्लामा समेत पठाउन सकिने स्थानीय प्रशासनले जनाएको छ ।
तेसै गरि बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको छ भने लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् । सथै बारा,पर्सा का हावाहुरी मा घरविहिन बनेको सयो परिवार बर्षाले झनै पिरित बनेका छन् ।