आरोहण शाह पर्सा, १५ असार ः आज असार १५ अर्थात राष्ट्रिय धान दिवस देशभर हर्षोल्लासका साथ मनाईन्छ भने यस बर्ष तराई–मदेश जिल्लामा लामो समयदेखि पानी नपरेको कारण वर्षाको भरमा खेतीपाती गर्ने किसानलाई धानको बेर्ना जोगाउन धौधौ परेको छ । पर्याप्त वर्षा र सिंचाइको सुविधा उपलब्ध नभएका कारण पसा , बारा, रोतहट जिल्लामा यसपाली दुई प्रतिशत मात्र धान रोपाइँ भएको छ ।
आकाशे पानी र नहरहरुको भरमा पर्सा किसानले धानको खेती गर्दै आएका छन् । तर, अहिले धान रोप्ने समय बित्न लाग्दासमेत पर्याप्त वर्षा भएको छैन । नहरहरुमा पनि पानी नआएका कारण पर्साका किसानले रोपाइँ गर्न पाएका छैनन् । हावाहुरीसँगै आएको पानीको समयमा ब्याडमा धानको बीउ छर्केको तर अब धान रोप्नका लागि बीउ तयारी अवस्थामा भए तापनि सिँचाइको अभावमा रोपाइँ गर्न समस्या भएको दुखसो पोखछँन किसानहरु ।
तराईका किसानहरुको लागि सिचाइको प्रमुख स्रोत रहेको गण्डक नहर रहेपनि समयमा पानी नआउदा किसानहरु मरमा परेका छन । गण्डक नहरको सीमा क्षेत्र पर्सा जिल्लाको जानकीटोला देखि रौतहटको बाग्मती खोलासम्मका हुदा पनि खेतीपाती गर्नको लागि आकाशे पानी को निर्भरमा रहन्छ तर समयमा गण्डक नहरमा पानी आउनसक्दैन ।
राष्ट्रिय धान दिवसको लागि प्रत्येक वर्ष आउने बजेट यसवर्ष देखि स्थानीय तहलाई जिम्मा दिएका कारण जिल्ला कृषि विकास कार्यालय पर्साले कृषि औजार अनुसन्धान केन्द्र रानीघाटसँग समन्वय गरी राष्ट्रिय धान दिवस मनाएको छ । मौसम अनुकूल भएको वर्ष धानको उत्पादन बढेको देखिन्छ भने समयमा पानी नपर्दा राम्ररी रोपाइँ नहुनु र पछि सिँचाइ नहुँदा धानको उत्पादन घटने समभावना हुन्सको बताउछन कृषि औजार अनुसन्धान केन्द कार्यालय प्रमुख सचिन कुमार मिश्राले समय समयमा पानी नपरेको कारण ब्याडमै तयारी अवस्थामा रहेको धानको बेर्ना पहेँलो भई सुख्न थालेको छ ।
अकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेकाले खेतमा तयारी अवस्थामा रहेको धानको बेर्नालाई प्रचण्ड घामबाट जोगाउन मुस्किल हुदा यस बर्ष रोपाई ढिलाई भऐको छ ।