महेश सिंह महतो सिरहा १४ असार । सिरहाको वरियारपट्टी गाउँपालिका वडा नम्बर ५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आफ्नै खेतमा विहान ५ वजेतिर पानी लगाउने क्रममा विजुलिको तर साउट भई १७ बर्षय ध्रब भन्ने ध्रवकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छन ।
मृत्कलाई पोष्टमाटकोे लागि लहान अस्पतालमा राखीएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता अपिल राज वोहरा वताए । वरियारपट्टी गाउँ पालिकामा रहेको विधुतिय पोल झर्दा ४४० भोल्ट बिधुत प्रवाह भएको हुँदा । झन्दै ३ जनाको ज्यान जोगिन सफल भएका छन । वरियारपट्टी ३ नवटोलिमा खेतीको लागि जडान गरीएको ४४० भोल्ट प्रवाह गरेको हो । सोही ठाँउ ३ नवटोलि वस्ने नेपुर देवि सर्मा,देवकी कामत , उमठी सर्मा घास काटन खेत गएको समयमा भोलटेज घट बड हुँदा ।
तार साउट भई खसदा समान्य घाईते भएको प्रत्यक्ष दर्शी जानाए । असारे विकासको कारण हतार हतारमा ६१ लाख वजेट घुपचुप गर्नको लागि विधुत कार्यालय लहानलाई समेत जानकारी नगरी उपभोक्ता समितिले आफ्नै मनपरी अदक्ष कर्मचारी वाट भएको कृषि विधुती करण गर्दा १५ दिनमै कतै पोल छर्नु त कतै विधुतीय तार साउट हुन पुगेको हो ।