जनकपुर सम्वादाता, असार १० । पर्सामा लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको विरगजं महानगरपालिका-२५ स्थित सिर्सिया बस्ने २८ वर्षीय रवि घिसीङ र जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-१ चाइना क्वाटर बस्ने ३१ वर्षीय शुशिल कुमार लामा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बिरगंज पर्साबाट खटिएको प्रहरी टोलीले बिरगंज महानगरपालिका-२५ स्थित सिर्सियामा शंका लागि चेकजाँच गर्ने क्रममा दुवै जना सवार रहेको ना. ५० प. ३३९० नम्वरको मोटरसाइकल रोकी चेकजाँच गर्दा सिटमुनी लुकाई छिपाई ल्याईएको प्रतिबन्धित लागूऔषध कोरेक्स-२६ सिसी फेला परेको थियो ।
दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ ।