लहान , १० असार । प्रचड गर्मिको कारण केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सिरहा सहित मध्य तथा पूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बन्दै गैरहेको छन ।
अत्यधिक तापक्रमकै कारण सिरहाको बिष्णुपुर गाउँपालिका वडा २ स्थित जनता माध्यमिक विद्यालय राजपुरमा दुइ वालिका मुर्छित भएकी छिन । सोहि बिदालयका शिक्षक प्रदिप यादव र मोहन यादवले जानकारी गराएका छन । कक्षा ६ मा अध्यनरत छात्रा निसा सदा र खुश्वु सदा पढदा पढदै बढदो तापक्रमका कारण मुर्छित भएकी हुन ।
गर्मीका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । साना बालबालिकालाई विद्यालय जान पनि गाह्रो हुन थालेको छ । सोमबार मात्रै तापत्र्रmम ३७ डिग्री रहेको थियो भने, यहाँको तापक्रम ४०–४१ डिग्री सेल्सियसभन्दा बढी पुगेको छ । शनिबार यहाँको तापक्रम ४० दशमलव ३ डिग्री रह्यो ।
शुक्रबार ३९ दशमलव ५ डिग्री तापक्रम रह्यो । तापक्रम बढेसँगै आद्र्रता ५० देखि ६० प्रतिशत पुगेको स्थिति छ । गर्मी बढेसँगै यहाँको जनजीवन पनि नराम्ररी प्रभावित हुने गरेको छ ।
गर्मी बढेसँगै विद्युत् अनियमित हुँदा जनजीवन कष्टकर बन्न थालेको छ । लोभोल्टेजका कारण पंखा, कुलर र फ्रिज चल्न समस्या हुने गरेको छ ।
यस्तो मौसममा खानपिनमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । बाहिर घाममा निस्किँदा अनिवार्य रुपमा छाताको प्रयोग गर्नुपर्ने र चिसो खानेकुराहरु काँक्रा, तरभुज खानुका साथै हरियो सागसब्जी र अत्यधिक मात्रामा पानी पिउनुपर्ने सल्लाह चिकित्सकले दिएका छन् ।
गर्मीका कारण तराईका सिरहा ,सप्तरी ,धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा लगायतका जिल्लाको जनजीवन निकै प्रभावित बन्दै गैरहेको छ। गर्मीका कारण यस क्षेत्रका बजार दिउँसो सुनसान देखिने गरेका छन। अस्पतालमा बिरामीको चाप बढेको छन ।
सिरहा, लहान,गोलबजार,मिर्चैया,बरीयारपट्टी अस्पतालका अनुसार अस्पतालमा दैनिक आउने बिरामी मध्ये झाडापखाला,जवरो,लु र गर्मीको कारण हुने विभिन्न किसिमका रोग नै बढी देखिएको छ ।