काठमाडौं, ८ असार। १५ घण्टाको अवधिमा भएको छुट्टाट्टै दुर्घटनामा ९ को मृत्यु भएको छ । शनिबार दिउँसो २ बजेदेखि आईतबार बिहान ५ः२० बजेको अवधिमा झापा, चितवन, मोरङ, धनुषा, नवलपरासी (पश्चिम), रामेछाप, दाङ र रुपन्देहीमा भएका दुर्घटनामा ९ को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । झापाको मेचीनगर नगारपालिकामा को १ ख ७६६५ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा ६० वर्षीय घनष्याम गर्तौलाको घटनास्थलमै मृत्यु भएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ रिद्धिखोला नजिक सडकमा बा १ प ५०५ नम्बरको बस र ग १ च ७३०८ नम्बरको कार एकआपसमा ठक्कर खाइ दुर्घटना हुँदा ४८ वर्षीय होमबहादुर थापाको मृत्यु भएको छ । मोरङको बेलबारीमा को १६ प ३३३९ नम्बरको मोटरसाइकललाई को १७ प ६१४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा को १६ प ३३३९ नम्बरको मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
धनुषाको नगराईनको सडकमा ना ६ त ४०२६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा ट्रयाक्टरमा सवार १४ वर्षीय रामजीवन मण्डलको उपाचारको क्रमा मृत्यु भएको छ । रामेछापको मन्थलीमा बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स सडकबाट २ सय मिटर तल खसेर भएको दुर्घटनामा एम्बुलेन्स चालक निरबहादुर श्रेष्ठको मृत्यु भएको छ ।
नवलपरासी (पश्चिम) रामग्राममा लु ७ प ७३३३ नम्बरको मोटरसाईकल अनियन्त्रित भइ दुर्घटना हुँदा २७ वर्षीय समिर खानको मृत्यु भएको प्रहरी प्रधान कार्यलय, केन्द्रीय प्रहरी समाचार कक्षको दैनिक समाचार बुलेटिनमा जनाईएको छ । यसैगरी दाङको लमही नगरपालिका च्याउखोलाको सडकमा भे १ च १८४९ नम्बरको जिप अनियन्त्रित भइ दुर्घटना हुँदा जिपमा सवार २० वर्षीय महेश ओलीको घटनास्थलमै मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैनामा ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु भएको छ । दुर्घटना भएका सबै स्थानमा तत्काल पुगेका प्रहरीले उद्वार गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।