राजेश विद्रोही । केहि महिना देखि लहानको जीवन पहिला भन्दा पनि फोहोर र कष्टकर बनेको छ । यो स्थिति सृजना गर्नेमा स्थानीय निकाय र राजनीतिक दल दुबै उतिकै दोषी छन् । मुख्यतः विकास निर्माणको काम गर्ने र गर्न नदिने पक्षबीचको राजनीतिक दाउपेच र चलखेल बढेर गएको देखिन्छ । जसले गर्दा पुरानो धरातल बोकेको लहान नयाँ रुपमा फड्को मार्न सकिरहेको छैन् । यो जातिय राजनीतिक उन्मादमा खुट्टा तान्ने प्रवृत्ति र लोकतन्त्रको परिणाम हो जस्तो लाग्छ । मधेसी राजनीतिमा एक अर्काको राजनीतिक अस्तित्व स्विकार गर्न नसक्ने रोग बढी छ । जसको उदाहरण हो लहानको फोहोर काण्ड । केहि गर्नेलाई गर्न दिनु पर्छ कि त आफै गर्ने आट गर्नु पर्छ कि त साथ लिने र दिने गर्नु पर्छ । यहाँ यही भावनात्मक एकताको अभाव देखिन्छ । जसको मारमा छन् लहानका नागरिक । यो नयाँ रोग होइन पुरानैको संक्रमण हो ।
लोकतन्त्रको सहि मर्म र भावना अँत्मसात हुन नसक्दा लहान बासीको मुहारमा लोकतन्त्र अराजक रुपमा फैलिएको छ । यसको प्रमुख कारण जातीय राजनीतिको दुर्गन्धता नै हो । यसमा कुनै दुईमत छैन् । त्यही दुर्गन्धतामा लहानको फोहोर राजनीति हुर्किरहेका छन् । फेरि पनि कुरा दोहरियाउन चाहन्छु । दुख नमानुस् । यो कुनै नयाँ राजनीतिक दुर्गन्धता होइन । पुरानै हुन् । बरु यतिबेला तिनै पुराना दुर्गन्धतामा थप दुर्गन्धता थप्ने कुचेष्ट भइरहेको छ । यसमा स्थानीय सरकार जति दोषी देखिदैन त्यो भन्दा सयौं गुणा बढी स्थानीय जातिवादी राजनीति र संकुचित मान्सिकताका अराजक भिडले लहान बजारलाई बदनाम गर्न खोजिदैछन् । जुन लहान बासिहरुका लागि गलत छ र, लहान जुन इतिहास बोकेको छ त्यो इतिहास माथि कलंक थपिने खेल हुदैछ । त्यो खेलको अपजस स्थानीय सरकार र प्रमुख माथि थोपर्ने गलत राजनीतिक अभ्यास हुदैछ ।
कसको कति कमी कमजोरी छन् त्यसलाई नापतौल गरेर लहान बजारलाई सुन्दर, सभ्य र स्वच्छ लहान निर्माणमा लाग्नु भन्दा एक अर्का माथि दोषारोपण गरेर लहानको इतिहास माथि ब्यापारीकरण र दलालीकरण गर्नु दुख छ । जसको दुर्गन्धता मुलुकभर फैलिदो अबस्थामा छन् । यतिबेला लहानको फोहोर राजनीतिमा नागरिकको जीवन बेरिएको छ । जसले गर्दा लहानको ओज र गरिमा माथि प्रश्न चिन्ह खडा भएको छ । यसको सामाधान कसरी गर्ने सबैको टाउको दुखाइ बनेको छ ।
परिवर्तन र विकास रुचाउनै नचाहने केहि अराजक तत्वलाई त बरु बिनासनै स्विकार्यछन् । तर, लहानको बिकास चाहिएको छैन् । किनभने त्यस्ता तत्वलाई जीवन निर्वाहमा कमी छैन् । कतिपय ठाउँमा काम गर्दैजादा सतापक्षबाटै बिकास र समृद्धिको नाममा मानवता विरोधी कार्य नभएको होइन । यस्तै अन्तरविरोधी क्रियाकलापले मुलुकको सबैभन्दा पुरानो शहर मध्येका लहान निकै पछि परेको छ । पछि बनेका शहरहरु उछिनेर लहानमाथि नेतृत्व गरिरहेकाछन् । पर्यटनको हिसावले पनि लहान निकै सुन्दर छन् । हवाई रुटकालागि पनि तीन चार जिल्लालाई फाइदाहुने र त्यहाँका नागरिक लाभान्वित हुने कुरा पनि टर्दै आएको छ । अरु ठाउँमा बनिसके तर लहान सधैं पछि किन परेका छन् रु राजनीतिक दलहरुको सरोकारको विषय होइन रु केन्द्रीय राजनीतिमा दलाली गरेर लहान बजारलाई किन विकासबाट पछि धकेलिदैछन् ।
लहान बजारको धर्तीलाई राम्रोसँग विकास गरे मुलुककै नमुना शहर बन्ने अर्थ राख्छन् । तर, त्यो नरुचाउने मान्छेहरूको जमात यहाँ धेरै भयो । जसले गर्दा असल नागरिकहरु लहानलाई वाईवाई गर्न विवश छन् र, अरुको जीवनमाथि चोरी,तस्करी र ठगी गरेर आफ्नो जीवन निर्वाह गर्ने धन्दा बढेको छ । जवसम्म लहानमा यो गलत क्रियाकलापको अन्त्य हुदैन र जातीय राजनीतिमा समूहिक राजनीतिको अभ्या हुदैन तवसम्म असल र सुन्दर लहान नगरिको कल्पना गर्न सकिदैन ।
लहानमा यतिवेला फोहोर ब्यवस्थापनको कारण बनेको नगरबासीहरुको दुर्गन्ध जीवन सबैकालागि उतिकै जोखिम छन् । राजनीति राजनीतिमाथि हुनुपर्ने हो । फोहोरमाथि होइन । जहाँ फोहोरमाथि राजनीति हुन्छ त्यहाँको राजनीतिक चेतनास्तरको मूल्यांकन त्यसै गर्न सकिन्छ । त्यसैले लहानबासिका लागि बनेको यो चुनौती नगरपालिकाका लागि होइन । यहाँको बासीको लागि हो । त्यसैले फोहोर ब्यवस्थापनमा कोही राजनीति नगरौं । सबैमिलेर फोहोरको निकास र ब्यवस्थापन गरौं । यसैमा सबै लहान वासीहरुको भविष्य छ । जातिय र पार्टीय राजनीतिक प्रतिस्पर्धाले लहान बन्दैन । पुराना लहानको राजनीतिक धरातलबाट माथि उठौं । नयाँ धरातलबाट लहानलाई जगाउ । बिकासमा बाधा नबनौ, बिनासमा बनौं । सहकार्यको वातावरण निर्माण गरौं । आज पालो कसैको छ, भोलि तपाईंको पनि आउन सक्छन् । मुलुक कसैको पेवा होइन । पेवा ठाने मेवा कै हालत हुने निश्चित छ । चेतना भया ।