इटहरी सम्वादाता
२८ जेष्ठ ।इटहरीका मेयर द्धारीकलाल चौधरीको पछिल्लो समयका पत्रकार माथिको व्यवहार र त्यसपछि पत्रकारिता क्षेत्रमा आएको तरङ्लाई समेटेर पत्रकार महासङ्घ प्रदेश १ को मिसन टोलीले प्रतिवेदन सार्वजनिक गरेको छ ।
महासङ्घले ज्येष्ठ २३ गते सुनसरी जिल्लामा पत्रकारमाथि भएका आक्रमणको विषयको अध्यन गरी प्रतिवेदन तयार पार्न मिसन टोली गठन गरेको थियो । समितिले २५ गतेबाट काम सुरु गरी आज पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा मेयर चौधरीका अभिव्यक्ति असंंवैधानिक, मर्यादा विपरीत, गैरकानुनी, अभिव्यक्ति स्वतन्त्रताबिरोधि पदीय मर्यादा विपरीत, अराजक प्रकृतिको भएको र भ्रष्टाचार नियन्त्रणमा पत्रकारले वाधा गरेको तथ्यहीन भएको ठहर गरेको छ । पत्रकार महासङ्घले एक जिम्मेवार व्यक्ति जो कोहीलाई पत्रकारले प्रश्न गर्न पाउने भन्दै मेयरलाई त्यस्तो प्रकृतिको व्यवहार सुधार्न सुझाव दिएको छ ।
साथै प्रतिवेदनमा पत्रकार माथि भएका कमी कम्जोरीलाई पनि महासङ्घले बसेर छलफल गरी प्रेस जगतलाई थप मर्या्दित बनाउने मिसन टोलीका संयोजक मोहनकाजी न्यौपानेले जानकारी दिए ।।।