प्रहरीका अनुसार, उक्त बसमा भारतको उडिसा राज्यका ६० तीर्थ यात्रु सवार रहेको खुलेको छ । ट्रकले ठक्करबाट उडिसा राज्यको उपरा साही नयरखण्डाला मन्दिर जागामारा भुवनेश्वर खोडदाहाका ५२ वर्षीय विजयकुमार जेना र ५४ वर्षीय चरण विशालको घटनास्थलमा ज्यान गएको रौतहट प्रहरीका डीएसपी नवीन कार्कीले बताए । मृतक दुवै जनाको शव चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा राखिएको छ ।
घाइतेमध्ये ६ जनाको चन्द्रपुरमा र ३ जनाको वीरगञ्जमा उपचार भइरहेको डीएसपी कार्कीले बताए । ट्रकले तिर्थयात्रु बोकेको बसलाई ठक्कर दिदा सडक भन्दा २० मिटर पर जंगलमा बस पुगेको थियो । घटनापछि ट्रक चालक फरार छन् । उनलाई खोजी कार्य भइरहेको डीएसपी कार्कीले बताए ।